Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तकाे लाभांश क्षमता घटेपनि पैसा सेयरधनीकै हुन्छ,कम्पनीलाई फाइदा हुँदैन: विश्लेषक ढुङ्गाना

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १० : ५८ मा प्रकाशित

साताभरको सेयर बजारको विश्लेषण, आगामी साताको बजारका लागि लगानीकर्ताहरूले लिने रणनिती, समग्र बजारको माहोल, समसामायिक विषय लगायतका विविध विषयमा प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गानासँग कुराकानी गर्ने गरी एक साता अघिदेखी नै अर्थसंसारले 'मार्केट प्रेस्क्रिप्सन' काे सीजन २ सुरू गरेकाे छ ।

यस साताकाे मार्केट प्रेस्क्रिप्सनमा ढुङ्गानासँग अहिलेकाे जल्दाेबल्दाे विषय अर्थात् लघुवित्त संकट र राष्ट्र बैंककाे सर्कुलरकाे बारेमा पनि कुरा गरेकाे छाैँ । लाभांश सम्बन्धी राष्ट्र बैंककाे नयाँ व्यवस्थाले लघुवित्तहरूकाे लाभांश क्षमता घट्ने उनले बताए । तर लाभांश क्षमता घटेपनि त्याे पैसा पनि सेयरधनीहरूकै हुने उनी बताउँछन् । उनले भने, "लाभांश क्षमता घट्छ तर लाभांश क्षमता घट्छ भन्दैमा त्याे पैसा भनेकाे लगानीकर्ताहरूकै हाे सेयरधनीहरूकै हाे त्याे त्यसमै नै रहन्छ । इन्भेष्ट गर्ने तरिकाले राख्न सकिन्छ । त्यसले गर्दा खेरी कम्पनीलाई फाइदा चाहीँ हुँदैन ।"

विश्लेषक ढुङ्गानासँग गरिएकाे भिडियाे कुराकानी हेर्न यहाँ क्लिक गर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको