Like us!
Follow us!
Connect us!
Watch us!

सुवास चन्द्र ढुङ्गानासँग मार्केट प्रेस्क्रिप्सन : बजार किन घट्यो, अब बजार के होला ?

अर्थ संसार

शनिबार, ०९ बैशाख २०८०, १८ : ५८ मा प्रकाशित

विश्लेषक सुवास चन्द्र ढुङ्गानाले यसपालि बजारको अपेक्षा भनेको यस पटकको बैंकको रिपोर्टहेरु धेरै खराब आउने थियो। सोचे अनुसार नराम्रो नआएकोले यसलाई राम्रो नै मान्नुपर्ने बताएका छन्। 

"खराब कर्जाको कुरा गर्ने हो भने २१ बैंकको औसत खराब कर्जा भनेको ३.०३ % रहेको देखिन्छ। बजारको हल्ला भनेको ५ % थियो बजारको हल्ला र मार्केटको ट्रेण्ड फरक कुरा हुन, मार्केट ट्रेण्डले भने त्यो कुरा नभनेको र हल्ला भने भनेको एक्दमै नराम्रो हुन्छ भन्ने थियो, अघिल्लो आर्थिक वर्षको यसै अवधिको खराब कर्जा भनेको १.२% रहेको थियो र अहिले १.८३ % प्रतिशत बढि हो र दोस्रो त्रैमासको तुलनामा भने ०.६८% बढेको नै हो।" उनले भने। 

"पहिलो देखि चौथौको पहिलेको ट्रेण्ड हेर्ने हो भने चौथो त्रैमासमा घट्ने र अरुमा बिस्तारै बढ्ने नै बैंकको देखिन्छ। अघिल्लो वर्षको चौथो त्रैमासमा औसतमा १.१% प्रतिशत खराब कर्जा रहेको, र पहिलो त्रैमासमा आएर १.८३%, दोश्रो त्रैमासमा आएर २.३५ र  हालको तेस्रो त्रैमासमा ३.०३% भएको देखिन्छ। अबको त्रैमासमा भनेको बैंकहरुलाई ऋण उठाउन पर्ने प्रेसर हुने कारण पनि खराब कर्जामा सुधार हुने र कम्तीमा दोस्रो त्रैमास जतिको खराबकर्जा रहनेछ" उनको धारणा छ। 

"अहिले ४ प्रतिशत भन्दा धेरै खराब कर्जा रहेको ३ वटा बैंक - हिमालयन बैंक, कृषि विकास बैंक र नेपाल बैंक रहेका छन र १ % प्रतिशत भन्दा कम रहेको बैंक भनेको स्ट्याण्डर्ड चार्टर्ड,एभरेष्ट बैंक र एनआईसी एशिया बैंकले कायम राख्न सफल देखिन्छ। खराब कर्जा बढ्दा बैंकहरुले प्रोभेजनिङ्ग ३१ अर्ब ३२ करोड गर्नु परेको हो " 

अर्थसंसारको नियमित कार्यक्रम मार्केट प्रेस्क्रिप्सनमा बोल्दै विश्लेषक सुवास चन्द्रले अब बैंकहरुको बेस रेट पनि घट्दै जाने र बिस्तारै बैंकहरुमा आर्कषण देखिने आकलन गरेका छन्। 

तेस्तै बिहिबार बजार किन घट्यो भन्ने सन्दर्भमा "बजारले भविष्यलाई रियाक्ट गर्ने र हामीले यो कारणले बजारलाई असर गर्छ भनेर सोचिरहदा बजारमा त्यो कुरा भयो समाचार आयो भने बजारले अरु नै कुरा हेर्न सुरु गरिसक्यो भनेर बुझ्नपर्छ। भोलि आउने समाचार पनि आज बजारलाई बासी हुनसक्छ। रिपोर्ट संगै बजार पनि घट्नुको कारण भनेको जग्गाको कित्ताकात खोलिएको, कारण छोटो अवधिलाई बजारलाई असर गर्नसक्छ" भन्ने उनको भन्दै छ। 

"ठ्याक्कै के कारणले असर गर्यो भन्ने कुरा समयले नै देखाउछ।"

प्रस्तुत छ विश्लेषक सुवास चन्द्र ढुङ्गानासँगको अर्थसंसारको नियमित कार्यक्रम मार्केट प्रेस्क्रिप्सन

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको