Like us!
Follow us!
Connect us!
Watch us!

आईएमएफको शंका पुष्टी भए राष्ट्र बैंकको नीति र गभर्नरको कार्यशैली प्रति प्रश्न चिन्ह खडा हुनेछ

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, ०७ : ४८ मा प्रकाशित

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को शंका पुष्टी भएर नेपाल राष्ट्र बैंकको नीति र गभर्नरको कार्यशैली प्रति प्रश्न चिन्ह खडा हुने बताउछन विश्लेषक सुवास चन्द्र ढुङ्गाना। 

अर्थसंसारको नियमित कार्यक्रम मार्केट प्रेस्क्रिप्सन मा बोल्दै ढुङ्गानाले  विश्वभर कोभिडले असर गरेको बेला विश्वमा कडा निगरानी भएका बैंकहरुमा एक्दम धेरै निष्क्रिय कर्जा बढेको अवस्थामा नेपालका १० ठुला वाणिज्य बैंकहरु निष्क्रिय (खराब) कर्जा नबढेकोमा नेपालमाथि आईएमएफले शंका गरेको उनको बुझाई छ। 

"नेपाल राष्ट्र बैंकले जुन मौद्रिक नीति लिएर आयो त्यसमा पनि शंका गर्न पर्ने ठाउँ देखिन्छ। नेपालले आईएमएफबाट ठूलो सहयोग लिइरहेको छ।  मापदण्ड पुरा गर्दै अर्को किस्ता प्राप्त गर्ने हुदा अहिलेको अवस्थामा आईएमएफले पनि केहि बाहना बनाएर तत्काल पैसा नदिन खोजेको पनि हुनसक्छ।"

"आईएमएफको पुष्टी भए नेपाल राष्ट्र बैंकको नीति र गभर्नरको कार्यशैली प्रति प्रश्न चिन्ह खडा हुनेछ। शंका पुष्टी नभए अन्तरराष्ट्रिय रुपमा राष्ट्र बैंकको र नेपाली बैंकहरुको इज्जत अझ विश्वास बढेर जानेछ। "  ढुङ्गाना बताउछन। 

आईएमएफले अन्तराष्ट्रिय लेखा परिक्षण गर्नु पर्ने समाचार आए संगै केहि हद सम्म यसले बजारमा असर गरेको  ढुङ्गानाको  विश्लेषण  छ ।

साताभरको सेयर बजारको विश्लेषण, आगामी साताको बजारका लागि लगानीकर्ताहरूले लिने रणनिती, समग्र बजारको माहोल, समसामायिक विषय लगायतका विविध विषयमा प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गानासँग कुराकानी गर्ने गरी केही साता अघिदेखी नै अर्थसंसारले 'मार्केट प्रेस्क्रिप्सन' काे सीजन २ सुरू गरेकाे छ ।

यस साताकाे मार्केट प्रेस्क्रिप्सनमा ढुङ्गानासँग अहिलेकाे जल्दाेबल्दाे विषय, बजारको माहोल लगायतका विषयमा कुराकानी गरिएकाे छ । 

विश्लेषक ढुङ्गानासँग गरिएकाे भिडियाे कुराकानी हेर्न यहाँ क्लिक गर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको