सरकारमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरुले राजीनामा दिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ मन्त्रालय सम्हालेका छन् ।
प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार, प्रधानमन्त्रीले गृहसहित वन तथा वातावरण , युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समालेका हुन् ।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् ।
चुनावअघिको गठबन्धन ब्युँतिएपछि एमाले–माओवादी नेतृत्वको गठबन्धन भत्किएको थियो । पछिल्लो गठबन्धनमा आठ दल सामेल छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस