Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको बुक क्लोज भोली, ४८ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

सोमबार, २६ भदौ २०७४, १२ : ४३ मा प्रकाशित

नबिल बैंकको बुक क्लोज भोली, ४८ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं–  नबिल बैंकको ४८ प्रतिश बोनस  लिने हो ? लिने हो भने आजै सेयर सुरक्षित गर्नुहोस । किन कि  बैंकको २७ गते (भोली) बुक क्लोज हुँदैछ ।

आज (भदौ २६) गतेसम्म भएको सेयरधनीले बैंकले दिने भनिएको ३० प्रतिशत  बोनस सेयर र १८ प्रतिशत नगद लाभांश लिन पाउनेछन् । 

नबिल बैंक लिमिटेले असोज १० गते ३३ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभामा  लगानीकर्तालाई ४८ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजादैछ ।

बैंकको भदौ ५ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी छ अर्ब १८ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड ११ लाख रुपैंया पुग्नेछ ।

बैंकको अगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्रस्तावित लाभांस पाउने छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको