Like us!
Follow us!
Connect us!
Watch us!

कार्यान्वयन समितिसँग छलफल गर्दै धितोपत्र बोर्ड

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, ११ : ५० मा प्रकाशित

कार्यान्वयन समितिसँग छलफल गर्दै धितोपत्र बोर्ड

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले कार्यान्वयन समितिसँग छलफल गर्ने भएकाे छ । धिताेपत्र बाेर्डले सेयर लगानीकर्ताहरूले आन्दोलन मार्फत् उठाएका पूँजी बजार सुधार र विस्तारका लागि तत्काल गर्नुपर्ने १९ बुँदे मागहरू कार्यान्वयन गर्न यही असारमा गठन गरेकाे समितिसँग छलफल गर्न लागेकाे हाे ।

सेबोनले आज ४ बजे सो समितिलाई मिटिङको लागि बोलाएको छ । मिटिङको एजेन्डा भने हालसम्म सार्वजनिक गरिएको छैन ।

धिताेपत्र बाेर्डले यही असार १० गते, शुक्रबार सेयर लगानीकर्ताहरूले आन्दोलन मार्फत् उठाएका पूँजी बजार सुधार र विस्तारका लागि तत्काल गर्नुपर्ने १९ बुँदे मागहरू कार्यान्वयन गर्न समिति गठन गरेकाे थियाे । उक्त समितिमा नेपाल धिताेपत्र बाेर्डले ताेके बमाेजिम नेपाल सरकारबाट मान्यता प्राप्त लगानीकर्ता संघ संगठनका प्रतिनिधिहरू रहेका छन् । त्यस्तै, नियामक निकाय नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यवाहक कार्यकारी निर्देशक मुक्ति नाथ श्रेष्ठ र विनय देव आचार्य रहेका छन् । उक्त समितिले कुन-कुन काम कुन मिति भित्र कसरी सम्पन्न गर्ने भन्ने कुराको तय र छलफल गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको