Like us!
Follow us!
Connect us!
Watch us!

अस्थिर प्रचण्ड होईन, केपी ओली हो: रामनारायण बिडारी

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १२ : ०३ मा प्रकाशित

अस्थिर प्रचण्ड होईन, केपी ओली हो: रामनारायण बिडारी

नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले आफ्नो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई अस्थिर बनेर लगाईएको आरोपको खण्डन गरेका छन् । हिजो (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बिडारीले यस्तो बताएका हुन् ।

उनले नेपालको संसद्को बनोटअनुसार सहमति र सहकार्यको राजनीति अघि बढाउनुपर्ने बाध्यतालाई प्रचण्डले आत्मसात् गरेको र सोहीअनुसार भूमिका निर्वाह गरेको दाबी गरे । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने पार्टीको निर्णय राष्ट्रिय हित र जनमतअनुसार रहेको भन्दै उनले उक्त निर्णयको स्वागत गरे । 

उनले सुरुवातमै सुनाए–‘वास्तवमा कोही हाम्रा होईनन, हामी कसैका होईनौं । हामी सत्य र ठीकका । सत्य र ठीक हाम्रो, यो अनुसार राजनीति चल्छ ? यो गार्हो छ । यो त राजनीतिभन्दा परको विषय हो । राजनीति अहिलेको परिस्थितिअनुसार हुन्छ । प्रचण्ड कांग्रेससँग सहमति नभएपछि प्रधानमन्त्री नेपालमा खाली हुन्थ्यो ? हुँदैनथियो । अर्को प्रधानमन्त्री हुन्थ्यो । जसरी प्रचण्ड प्रधानमन्त्री हुनुभयो, त्यसैगरि अर्को व्यक्ति हुन्थ्यो ।’

उनले तत्कालिन नेकपा विघटन नगरेको भए अहिले नेपालको राजनीति अर्कै दिशामा पुगेको हुनेथियो भन्ने टिप्पणी गरे । उनले भने,‘प्रतिनिधिसभा विघटन गर्नु यो देशको निम्ति अभिषाप थियो । अझै केपी ओलीले मैले गरेको ठीक छ भनेर हिँड्ने काम भयो, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति चाहियो भन्ने कुरा गर्नु गलत हो ? ओलीजी एक्लै बनाउनुहुन्छ त ? झगडा कहाँबाट सुरु भयो भन्दा–जनयुद्ध दिवस सर्वसम्मत् पारित भयो । उहाँले पर्सीपल्ट अपराध दिवस हुनुपर्दथ्यो त्यो कताबाट जनयुद्ध दिवस भयो भनेर भन्नुभयो । एमालेपनि क्याविनेटमा छ है । अनि अस्थिर त केपी ओली हो नि । संसद् विघटन ठीक छ भनेर बोल्ने ? कहिले राजावादीसँग मिल्ने । अस्थिर प्रचण्ड होईन, ओली हो ।’

उनले नेपालको इतिहासमा संसद्मा ९९ प्रतिशत विश्वासको मत पाउने प्रचण्ड पहिलो प्रधानमन्त्री भएको पनि स्मरण गराए । उनले अहिलेको संसद्मा नेपाली कांग्रेस ठूलो दल भएकोले उसलाई पनि साथमै लिएर जान खोज्नु गलत नभएको दाबी गरे । उनले भने,‘कांग्रेसलाई इग्नोर गरेर राष्ट्रिय सहमति हुँदैन् । राष्ट्रिय सहमति गर्नु भनेको के गलत हो ?’

बिडारीले अहिलेको संसद् पूरै कार्यकाल चल्ने सुनिश्चित्ता भएको उल्लेख गरे । उनले भने,‘संसद् र सरकार दुवै पाँच वर्ष गरेर बिताउँ भनेको हो । प्रधानमन्त्री फेरिएला । तर संसद्ले सरकार पाँच वर्ष नै चल्नुपर्छ । बीचमै चुनाव गर्न पाईन्नँ । नेपाली जनताको अवस्था नाजुक छ । सभामुख एमालेलाई, प्रधानमन्त्री माओवादी केन्द्र अनि राष्ट्रपति कांग्रेसलाई भन्दा के नराम्रो भयो ? सबै मिलेर जानुपर्छ । सहमति गरेर जानुपर्छ । बरु उच्चस्तरीय संविधान सुधार समिति वा आयोग गठन गर्नुपर्छ ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको