नेकपा (एमाले) सरकारबाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रचण्ड गत पुष १० मा एमालेको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारलाई समर्थन दिएको ६४ दिनमै एमाले सरकारबाट बाहिरिने तयारीमा पुगेको हो ।
एमालेको आज (सोमबार) बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री डा.विमला राई पौडेललाई जेनेभा जान प्रधानमन्त्री प्रचण्डले रोकपछि आफ्नो अपमान भएको महशुस गर्दै एमाले सरकारबाट बाहिरिएको हो। एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिनुपर्छ । प्रचण्डले अब विश्वासको मत प्राप्त गर्न नसकेमा संसद्मा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेताका हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस