Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीहरुले मात्र लक्ष्मी लघुवित्तको २० प्रतिशत लाभांश पाउने

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, ०५ : ३४ मा प्रकाशित

आजसम्म कायम सेयरधनीहरुले मात्र लक्ष्मी लघुवित्तको २० प्रतिशत लाभांश पाउने

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबा प्रस्ताव गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन १७ बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज फागुन १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाले लाभांश सहितका ऐजेन्डा पारित गर्न ११ औँ बार्षिक साधारणसभा फागुन २९ गते अग्रवाल भवन, कमलपोखरी काठमांडौमा बिहान ११ बजेका लागि डाकेको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ समेत) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले सर्वसाधारण समुहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु निर्वाचन गर्नुका बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम संस्थाको संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको