काम गर्न विदेश नै जानुपर्छ भन्ने सोच भएका युवाहरुका लागी नेपालमै पनि धेरै काम गर्न सकिन्छ भन्ने बलियो उदाहरण हुन् ललीतपुरका सन्नी राजोपाध्याय । ३३ बर्षिय सनी नेपालमै आफ्नै मेहिनतले २ वटा कम्पनीका संचालक मात्र होइनन् उनी वातावरण जोगाउने नयाँ प्रबिधिका उत्पादक पनि हुन् । हात्तिको गोबरबाट पेपर बनाई त्यसका प्रोडक्टहरुलाई बिक्री गर्ने इकोर्ब कम्पनीका संस्थापक हुनु का साथै बढ्दो सहरी क्षेत्रको वातावरण प्रदूषणबाट हुने नोक्सानीबाट जोगाउन र भविष्यमा हुन सक्ने जोखीमबाट बचाउन लेऊबाट बायो रिएक्टर डिभाइस बनाउने नेपालमै पहिलो व्यक्ति हुन् सन्नी राजोपाध्याय ।
वि स. २०४६ भदौमा काठमाडौंको ललितपुर १६ पाटनमा जन्मेका हुन् सन्नी राजोपाध्याय । उनको ४ जनाको परिवार रहेको छ । उनले प्रारम्भीक शिक्षा लिटिल एन्जल्समाबाट भएको हो । २०६४ सालमा लिटिलएन्जलसबाट उनले एसएलसी पास गरेका हुन् । उनले सिल्भर माउन्टेनबाट उनले २०६९ मा +२ गरेका हुन् भने सिल्भर माउन्टेनबाट २०७१ मा उनले बि.बि.ए गरेका हुन् ।
सन्नी भन्छन् र्,स्नातक पढ्दासम्म आफु के बन्छु भन्ने कुरा थाहा थिएन । किनभने नेपालको शैक्षिक प्रणलीले कुनै विषयको पनि निश्चित पद मात्रै राखिएको छ । जस्तै बि.बि.ए पढेकाले बैंमा काम गर्नु पर्छ भन्ने हुन्छ । यसरी मैले आफुलाई कुनै ठूलो बिकल्प देखिन । केही समय बेरोजगार भएर घरमै बसे आफुले आफुलाई समय दिए । २०१८ तिर किङ्स कलेजमा एमबीए जोवाइन गरे त्यहाँको माहोललाई हेर्दा केही गर्नुपर्छ भन्ने जोस जाग्यो ।
२०१८ तिरको कुरा हो ,केही दिनको घुमघामको लागी उनी सौराह गए । सौराहमा उनले हात्तीको गोबर देखे जुन धेरै मात्रामा थियो । सन्नीले यो भन्दा पहिले इन्टरनेटमै कतै देखेका थिए ,की हात्तीको गोबरबाट धेरै प्रोडक्टहरु बनाउन सकिन्छ । हात्तीको गोबर धेरै मात्रामा देखेपछि त्यहाँका मानिसहरुलाई सन्नीले सोधेर, के यहाँ कतै गोबरको प्रयोग भइरहेको छ ? जवाफमा उनीहरुले भनेका थिए, हात्तीको गोबर दिनकै १८ टन हुनेगर्छ । त्यसलाई सुकाएर जलाउन बाहेक केही पनि हुदैन । सौराहाबाट आएपछि उनले हात्तीको गोबरबाट धेरै सामानहरु बनाउन सकिने हुँदा त्यसमा आफु कम गर्न सक्ने योजना बनाउन थाले । र, साथीहरु संग सल्लाह पनि गर्न थाले ।
यसै क्रममा उनी ललितपुरस्थित इमप्याक्ट हबमा आबद्ध हुन पुगे । इमप्याक्ट हब भनेको अन्तराष्ट्रिय गैर सरकारी संस्था हो । यो एक युरोपियन सस्था हो । यो हब एउटा कम्युनिटी हो । कुनै उद्देश्य काम गर्ने योजना लिएर यहाँ आउनेलाई संस्थाले सहयोग गर्ने प्रयास गर्छ । तर, योजना लिएर आउने जती सबैलाई यस संस्थाले सहयोग गर्छ नै भन्ने हुँदैन । आफुले गर्ने काम योजना बारे हबका व्यक्तिहरुलाई कन्भेन्स गर्न सक्नुपर्छ । आफुलाई प्रमाणित गर्न सक्नुपर्छ तब हबले सहयोग गर्छ ।
हात्तीको गोबरबाट त्यसमा काम गर्न योजना उनले इमप्याक्ट हबलाई बताए । सन्नीले आफनो कन्सेप्ट इमप्याक्ट हबमा ल्याएपछि हबलाई उनले आफनो सम्पुर्ण योजना बारे बताए । हबलाई त्यसमा कन्भेन्स पनि गरे । इमप्याक्ट हबले उनको कममा सहयोग गर्न सक्ने बताए । त्यसपछि हबले ९ महिना सन्नीलाई परिक्षय समय चल्यो । त्यो बीच सन्नीले इमप्याक्ट हबबाट विभिन्न तालिम लिए । गोबरबाट सामान कसरी बनाउने, गोबरबाट कसरी राम्रो प्रोडक्ट बनाउने, कसरी बिक्री गर्नेलगायत कुराहरु सिके ।
त्यो बीच सन्नी सौराहामा पनि गए । सौराहामा ग्रिन सोसाइटी नामक एक संस्था थियो । जसले हात्तीको गोबरबाट पेपर बनाइरहेको थियो । त्यहाँ ५ जना महिलाहरु कम गरिरहेका थिए । सन्नीले देखे अनुसार त्यो पेपर त्यती गुणस्तरीय भने थिए । त्यसपछि सन्नीले तिनै महिलाहरुसँग आफु राम्रो कागज बनाउन सक्ने र यसलाई राम्रो बजार दिनसक्ने बताए र सन्नी त्यहाँ ती महिलाहरुसंगै मिलेर काम गर्न थाले । त्यसपछि सन्नीले सौराहाबाट काठमाडौंमा गोबरको पेपरबाट बनेका सामानहरु बिक्रि गर्न थाले । सन्नीले सौराहाबाट सामान किनेर काठमाडौंमा सप्लाई गर्ने काम गर्थे । त्यहाँ उत्पादन हुने प्रोडक्टहरुमा पेपर ब्याग,पेपरबक्स, पेपर बक्स, नोटबुक्सहरु उत्पादन गर्ने गर्थे ।
२०२० मा सन्नीले इकोर्ब नामको आफनै संस्थालाई दर्ता गरे । एउटा बिदेशी कम्पनी ड्चसंग सहकार्य गरे । ड्च कम्पनीले उनलाई फन्डिङ् गर्ने कुरा राखे त्यसपछि उनले इकोर्ब नामको कम्पनी खोले । गोकर्णमा एक कम्पनी र सौराहामा एक कम्पनी खोले । डच कम्पनीले उनलाई फन्डिङ गर्नुको मेन उद्देश्य भनेको सौराहामा महिलाले काम पाउनु पर्छ भन्ने थियो । सोहिअनुसार उनलाई बिकासे ऋण उपलब्ध गरायो । सौराहाको सनीको कम्पनीमा अहिले ६ जना महिलाहरुले काम गरिरहेका छन् ।
सौराहामा हात्तीको गोबरलाई केही हदसम्म फिल्टर गर्ने कम गरिन्छ । त्यहाँबाट प्याक भएर कागज बन्ने काम गोकर्णमा रहेको कम्पनीमा हुन्छ । अहिले कोणमा १ जना पुरुष र १२ जना महिलाहरु रहेका छन् । उनीहरुले मासिक २० देखी २५ हजार हजारसम्म कमाउने गर्छन् । उनको कम्पनीमा दैनिक २ देखी ३ हजार जती कागज बनिरहेको हुन्छ । ती कागजबाट अडर आएअनुसार प्रोडक्ट बनाइन्छ । कम्पनी चलिरहेको छ त्यसैमा खुसी छु सन्नीले भने ।
अहिले के-के काममा व्यस्त हुनुहुन्छ ?
इकोर्ब कम्पनीका साथै अहिले म च्याउँ बायो टेक्नोलोजीमा काम गरिरहेको छु । यसमा हामी केही साथीहरु मिलेर काम गरिरहेका छौं ।
कसरी सुरु भयो च्याऊ बायो टेक्नोलोजी ?
यो कम्पनी च्याऊ खेतीबाट खेर जाने पर्दाथहरुलाई प्रयोग गरेर पुनः प्रयोग गरेर केही चिजहरु बनाउन मिल्छ भन्ने धारणबाट सुरु भएको कम्पनी थियो । त्यसबाट हामीले विभिन्न कम्पीटीसनसम्म भाग पनि लियौं । तर, पछि लगानी धेरै चाहिएको हुँदा यो कम गर्नको लागि हामीले इभेष्टरहरु पनि खोजौं तर यो कुरामा कतिले विश्वास पनि गरेन । च्याउ वायो टेक्नोलोजीबाट धेरै कुराहरु बनाउन सकिन्छ । तर, यसमा काम हुन सकेन । पछि यो कम्पनिले लेउ खेतीमा परिणत भएको हो । त्यही दर्ता कम्पनीमा हामीहरुले वायो रिएक्टर बनाउने योजना बनाएका हौं । २०२२ मा उनले च्याउँबायो टेक्नोलोजी कम्पनी दर्ता गरे ।
के हो लेउ खेती ?
अल्गी बायो रियाक्टरमा हरित कण (क्लोरोफिल) युक्त बिरुवा (लेउ) लाई कृत्रिम वातावरण दिएर प्रकाश संश्लेषण प्रक्रिया गराइन्छ । यसमा उनीहरूले बिरुवाको रुपमा एउटा निश्चित प्रजातिको लेउको प्रयोग गरेका छन् । लेउ प्रजातिमा धेरै छिटो हुर्कन सक्ने र सानो क्षेत्रमा पनि धेरै फैलन सक्ने विशेषता हुने भएकाले उनीहरू धेरै मात्रामा कार्बन डाइअक्साइड सोस्ने र अक्सिजन फाल्ने काम गर्छ । कुनै पनि प्लान्टले कार्बन डाइअक्साइड लिन्छ र अक्सिजन फाल्छ भने लेउँले पनि आफु बाच्दै हामीहरुलाई अक्सिजन दिइरहेको हुन्छ । यो बायोरिएक्टरको एउटा डिभाइसले ३० वटा रुख बराबरको अक्सिजन प्रवाह गर्छ । लेउले पनि रुखले जतीकै काम गर्छ । रुखहरु रोप्न नमिल्ने ठाउँहरुमा यो राख्न सकिन्छ । भोलको दिनमा वातावरणमा समस्या आउन नदिन यो पलान गरिएको हो । जस्तै काठमाडौं जस्तो ठाउँमा रुख रोप्न ठाउँ भएपनि मान्छेले रुख रोप्न छोडेर त्यहाँ घर बनाउन बढी फाइदा देख्छ । तर, रुख रोप्न एकदमै जरुरी छ । ठाउँ धेरै ओघट्ने भएको हुँदा रुख रोप्ने गर्दैनन् । यसले थोरै ठाउँ ओगठी काम गर्नेगर्छ ।
बायो रिएक्टरमा कसरी काम गर्नुभयो ?
सुरुमा आफनै खर्चबाट ५ लिटरको बाटो रिएक्ट बनायौ । त्यसमा एक लाख जती खर्च भएको थियो ५ लिटरको वाय रियक्टले एक रुखको जती पनि काम गर्दैन तर त्यो एउटा डेमोको लागी मात्र थियो । वायो रिएक्ट बनाउन त्यती सहज भने थिएन । त्यसको लागि पैसाको निकै आवश्यकता थियो । सुरुमा बनाएको वायो रियक्ट देखाएर हामीले सुरुमा हेटौंडा चिफ मिनिस्टर राजेन्द्र पाण्डेलाई भेट्न गए । त्यहाँ उनले वायो टेक्नोलोजीको बिषयको बारेमा बुझाएपछि हामीलाई त्यहाँबाट १५ लाख रुपैया जती दिइयो । त्यही पैसाबाट हामीले वायो टेक्नोलोजी पहिलो पटक बनाए ।
त्यसको बायो रियक्टरको दुईवटा डिभाइस बनायौं । लेउ (बायो रिएक्ट) दुई वटा ठाउँमा लगाइएको छ । पुलचोक र जाउलाखेलमा रहेको छ । पुलचोकको नगरपालिकाको अगाडी रहेको छ भने अर्को जाउलाखेलको चोकमा रहेको छ । अझैपनि अहिले गोकाणेश्वर नगरपालिकासंग पनि कुरा भईरहेको छ ।
यो उपकरणले कती जती ठाउँ ओघट्छ त ?
यो उपकरण राख्न ४ वर्गफिट जती लाग्छ । यो जडान गरिसकेपछि सुरुको २ बर्ष ३ महिनामा एक पटक हामीले नै वायो रियएक्ट सफा गर्नेछौं र त्यसपछि उहाँहरुले हामीहरुलाई पे गर्नुपर्ने हुन्छ। ३० वटा रुख बराबर एउटा बायो रिएक्टर हुन्छ । रुखहरु नभएको रोप्न नमिल्ने ठाउँमा यो राख्नु एकदमै राम्रो हो ।
सबै व्यवसायमा तपाईले लगानी कर्ता खोजेर मात्र गर्नुभयो, आफै बैंक बाट ऋण लिन किन सोच्नु भएन ?
सन्नी भन्छन् ,'ऋण लिने मेरो हैसियत छैन बिना धित्तो कुनै पनि बैंकले मलाई लोन दिदैन । आमा बुबाको सम्पती धित्तो राख्नु पर्छ भन्ने तिर म गइन् । धित्तो नराखी बैंकले मलाई लोन दिदैन ।आमाबुबाले अहिले मलाई चाहिएको बेला ऋण दिन सक्नु हुन्छ तर मैले त्यो पैसा सजिलै फिर्ता गर्नुपर्ने पनि हुन्छ । यती त्यसो गरे न भने सफल व्यवसायी हुन सकिदैन ।
युवाहरुलाई के भन्न चाहानुहुन्छ ?
सन्नी भन्छन् ,'कहीं गर्न सक्छुकी सक्दिन भन्ने सोच भएको मान्छे भनेको, सुइमिङ् पुललाई हेरेर पौडिन सक्छु कि सक्दिन भनी सोचेर बस्नु जस्तै मात्र हो । केही गर्नुछ भने गर्न सक्छु भनी पुलमा हाम फाल्नै पर्छ । सुइमिङ् पुलमा हाम फाल्यो भने कि मान्छे डुब्छ कि पौडिन्छ । सन्नी थप्छन 'आज भोलीका युवाहरु सबै विदेश गइरहेका छन् । ति युवा पनि हाम फालिरहेको अवस्था छ, किनभने उनीहरु लाखौंको लगानी गरेर विदेश गइरहेका छन् । कोही उतै सरभाइव गरिरहेका छन् भने केही फेरी नेपाल फर्किरहेका छन् । त्यो एउटा रिक्स नै हो । नेपालमा काम गर्नको लागि धेरै कामहरु छन्। मेहिनतको आवश्यकता पर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस