Like us!
Follow us!
Connect us!
Watch us!

बढ्दै बैंकिङ कसुरका घटना, काठमाडौंमा मात्रै साढे ६५ सय मुद्दा

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, १२ : ०९ मा प्रकाशित

बढ्दै बैंकिङ कसुरका घटना, काठमाडौंमा मात्रै साढे ६५ सय मुद्दा

काठमाडौं जिल्लामा मात्र पछिल्लो एक वर्षमा बैंकिङ कसुरसम्बन्धी ६ हजार ५५३ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आर्थिक वर्ष २०८१÷८२मा धेरै दर्ता भएका १० वटा मुख्य मुद्दाहरूको सूची सार्वजनिक गरेको हो ।

सो क्रममा बैंकिङ कसुरका मुद्दा पहिलो स्थानमा परेको छ । गत आवको चौथो त्रैमासिक अवधिसम्ममा कुल १२ हजार नौ सय ३५ वटा मुद्दा दर्ता हुँदा बैंकिङ कसुरका छ हजार छन् । यो अवधिमा प्रतिदिन औसतमा ३५ वटा मुद्दा दर्ता हुनेगरेको परिसरले जानकारी दिएको छ । गत आव २०८१/८२को असार मसान्तसम्म बैंकिङ कसुरबाहेक अभद्र व्यवहारसम्बन्धी एक हजार ९५३, चोरीअन्तर्गत नौ सय ५१, ठगीअन्तर्गत, सात सय ४५, लागुऔषधअन्तर्गत चार सय ३१, आत्महत्यासम्बन्धी तीन सय ३२, जबरजस्ती करणीसम्बन्धी, दुई सय ४४, ज्यान मार्ने उद्योगसम्बन्धी एक सय ४०, सवारी ब्याजसम्बन्धी एक सय र सवारी अंगभंगसम्बन्धी ७४ वटा मुद्दा दर्ता भएको परिसरले जानकारी दिएको छ ।

परिसरका अनुसार नवीनतम् अपराधको रुपमा बैंकिङ कसुरसम्बन्धी अपराध निरन्तर बढिरहेको छ । आव २०७७/७८ मा बैंकिङ कसुरसम्बन्धी एक हजार सात सय ४१ वटा मुद्दा दर्ता हुँदा आव २०७८/७९मा यो संख्या बढेर तीन हजार सात सय १५ पुगेको छ । आव २०७९/८०मा पनि बैंकिङ कसुरसम्बन्धी अपराध बढेर सात हजार एक सय एक पुग्ला आव २०८०/८१ मा यस्तो अपराधको संख्या घटेर पाँच हजार सात सय एकमा झरेको थियो । तर अहिले अर्थात् पछिल्लो आव २०८१/८२ मा भने यस्तो अपराधको संख्या बढेर छ हजार पाँच सय ५३ पुगेको छ ।

पछिल्लो अवधिमा नवीनतम् आर्थिक अपराधअन्तर्गत सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर साइबर अपराध, नेपाल राष्ट्र बैंक ऐन (हुण्डी) र अभौतिक मुद्रासम्बन्धी कसुरको संख्या पनि बढ्दै गएको देखिएको छ । परिसरका अनुसार आव २०८१/८२ यी शीर्षकमा मात्र क्रमशः ३२, ३०, २३, १८ र १२ वटा मुद्दा दर्ता भएका छन् ।


 

68a2d30159d14.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको