लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे छ ।
कम्पनीले नियमनकारी निकाय विद्युत नियमन आयोगबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे हाे । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर ०.५ को अनुपातमा ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्न प्रस्ताव गरेकाे थियाे । साेही प्रस्ताव विद्युत नियमन आयोगले स्विकृत गरेकाे हाे ।
अब उक्त हकप्रद प्रस्ताव सेबाेनमा निवेदन दिएर त्यहाँबाट स्विकृत भएपछि निष्कासन गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस