Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछाने युएईका लागि प्रस्थान

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, १६ : ५९ मा प्रकाशित

सन्दीप लामिछाने युएईका लागि प्रस्थान

नेपाली क्रिकेटर सन्दीप लामिछाने युएईका लागि प्रस्थान गरेका छन्। सन्दीपसँगै नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंह दिउँसो ३ बजे दुबइका लागि प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो।

आइसीसीले युएई जानका लागि अनुमति दिएपछि सन्दीप दुबईका लागि उडेका हुन्। सन्दीप नेट अभ्यासका क्रममा घाइते भएका श्याम(मौसम) ढकालको सट्टामा युएई जान लागेको हुन्।

मौसमलाई २८ फेब्रुअरीमा नेट अभ्यास सत्रमा ब्याटिङ गर्ने क्रममा काँधमा चोट लागेको क्यानले जनाएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला युएईमा रहेको छ। नेपालले भोलिमात्रै घरेलु टोली युएईसँग आइसीसी एकदिवसीय विश्वकप लिग-२ खेल्दैछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको