Like us!
Follow us!
Connect us!
Watch us!

‘प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछिमात्रै कांग्रेस सरकारमा जाने’

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, १७ : २४ मा प्रकाशित

‘प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछिमात्रै कांग्रेस सरकारमा जाने’

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने स्पष्ट पारेका छन्। गृहजिल्ला सुर्खेत पुगेका खड्काले आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। 

फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै कांग्रेस सरकारमा जाने उनले बताए। र, त्यसपछि सरकार निर्माणको चरण प्रारम्भ हुने उनले बताए।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने खुलाएका छन् । उनले सुर्खेतमा आज भनेका थिए,‘सरकार निर्माणको चरण प्रारम्भ भएको छैन,’ खड्काले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिन्छ र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकार निर्माण चरण प्रारम्भ हुन्छ।’

प्रधानमन्त्रीले विश्वासको मत लिएपछिका दुई/तीन दिनभित्र सरकार निर्माणको चरण पूरा हुने खड्काको भनाइ थियो। अहिले सरकारमा जानेबारे र को-को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला भइनसकेको खड्काको भनाइ थियो। उपसभापति खड्काले आफू अब मन्त्री नबन्ने पनि दोहोर्‍याए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको