Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड बैंक पाँच वर्षे अवधिको ऋणपत्र बाँडफाँड

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १२ : ३० मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्ड बैंक पाँच वर्षे अवधिको ऋणपत्र बाँडफाँड

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले विक्री गरेको पाँच वर्षे अवधिको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले १०.३० प्रतिशत ब्याजदरको ऋणपत्रमाघ २६ गतेदेखि फागुन ८ गतेसम्म विक्री गरेको थियो । 

बैंकका अनुसार तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई फागुन १७ गते ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले प्रति ऋणपत्र १ हजार अंकित दरका २ अर्ब ४० करोड बराबरको कुल २४ लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरेको थियो । ४० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता ऋणपत्रमध्ये ४८ हजार कित्ता सामूहिक लगानीकोष र बाँकी सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।

वाणिज्य बैंकहरूले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्कासन गर्नुपर्ने व्यवस्था बमोजिम यस बैंकले पनि ऋणपत्र निष्कासन गरेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको