Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्यान्डर्ड चाटर्ड बैंकले ताेक्याे बुक क्लाेज मिति, साधारणसभा कहिले ?

अर्थ संसार

मंगलबार, ०४ मंसिर २०८१, १० : ३३ मा प्रकाशित

स्ट्यान्डर्ड चाटर्ड बैंकले ताेक्याे बुक क्लाेज मिति, साधारणसभा कहिले ?

 स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आफ्नो ३८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ। 

सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (कर सहित) गरी कुल २५.५० प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभा प्रयोजनका लागि यस बैंकले मंसिर ६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । तसर्थ, मंसिर ५ गतेसम्म अर्थात, बुधबारसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको