Like us!
Follow us!
Connect us!
Watch us!

५ कम्पनीकाे हकप्रद आउँदै, कुनकाे कति कित्ता ?

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १७ : १५ मा प्रकाशित

५ कम्पनीकाे हकप्रद आउँदै, कुनकाे कति कित्ता ?

यतिबेला विभिन्न ५ वटा कम्पनी हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) काे पाइपलाइनमा रहेका छन् । ५ वटा कम्पनीमध्ये ४ वटा हाइड्राेपावर कम्पनी र एउटा विकास बैंक रहेकाे छ । 

हकप्रद निष्कासनका लागि सेबाेनकाे पाइपलाइनमा रहेका कम्पनीहरूकाे विवरण तल उल्लेख गरिएकाे छ :

१. अरुण काबेली पावर कम्पनी लिमिटेड

अरुण काबेली पावर कम्पनी लिमिटेडले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई १ कराेड ८५ लाख ५२ हजार एक सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न गत कार्तिक २८ गते नै नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे थियाे । तर विद्युत नियमन आयोगले यही भदाै १२ गते, आइतबार अनुमति प्रदान गरेपछि मात्रै सेबाेनले आवश्यक प्रकृया अघि बढाएकाे हाे । कम्पनीले हकप्रद निष्कासन प्रयाेजनका लागि नबिल इनभेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । 

२. नारायणी डेभलपमेन्ट बैंक लिमिटेड

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न भदाै ९ गते, बिहीबार नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हाे । बैंकले हकप्रद निष्कासन प्रयाेजनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

३. सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा आफ्ना सेयरधनीहरूलाई ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न यही फागुन ५ गते नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हाे । बैंकले हकप्रद निष्कासन प्रयाेजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

४. नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले १०:५ काे अनुपातमा आफ्ना सेयरधनीहरूलाई ८२ कराेड २१ लाख ४५ हजार ९ सय ७१ रूपैयाँ बराबरकाे ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक २२ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीले हकप्रद निष्कासन प्रयाेजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।

५. हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पुँजीको ७५% अर्थात् १:०.७५ को अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न पाैष २६ गते सेबाेनमा निववेदन दिएकाे हाे । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको