Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर प्रस्ताव पारित गर्न धौलागिरी र खप्तड लघुवित्तले बोलाए विशेष सभा

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, ११ : ४८ मा प्रकाशित

मर्जर प्रस्ताव पारित गर्न धौलागिरी र खप्तड लघुवित्तले बोलाए विशेष सभा

धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा गाभ्ने/गाभिने (मर्ज) हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ। यी दुबै लघुवित्त कम्पनीहरुले चैत ६ गतेका लागि विशेष साधारण सभा डाकेका हुन्। 

सभा धौलागिरी लघुवित्तले डिसीआरडिसीको सभाहल उपल्लाचौर, बाग्लुङ्गमा बिहान १० बजे बोलाएको हो भने खप्तड लघुवित्तले होटल नमस्ते, अत्तरीयामा बिहान १० बजे सभा बोलाएको हो।

सभाले यी दुबै लघुवित्त एक आपसमा मर्ज हुने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, डिडिएका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

चैत २६ गतेसम्म कायम यी लघुवित्तका संस्थापक र सर्वसाधारण शेयरधनीहरुले विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको