Like us!
Follow us!
Connect us!
Watch us!

यी तीन कम्पनीको साधारण सभा भोली हुँदै

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १३ : ५८ मा प्रकाशित

यी तीन कम्पनीको साधारण सभा भोली हुँदै

तीन कम्पनीको साधारण सभा भोली (सोमबार) हुँदैछ । भोली धौलागिरी लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र न्यादी हाइड्रोपावरले साधारण सभा डाकेको हो ।

न्यादी हाइड्रोपावर लिमिटेडले १५ औं वार्षिक साधारण सभा भोलि सोमबार कार्की ब्याक्वेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो ।

सभाले गत आवको वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न भोलि विशेष साधारण सभा बोलाएका हुन ।

धौलागिरी लघुवित्तले डिसीआरडिसीको सभाहल उपल्लाचौर, बाग्लुङ्गमा बिहान १० बजे सभा बोलाएको हो भने खप्तड लघुवित्तले होटल नमस्ते, अत्तरीयामा बिहान १० बजे सभा बोलाएको हो । 

सभाले यी दुबै लघुवित्त एक आपसमा मर्ज हुने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, डिडिएका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको