Like us!
Follow us!
Connect us!
Watch us!

मोलुङ्ग हाइड्रोकाे आईपीओ तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १२ : ५० मा प्रकाशित

मोलुङ्ग हाइड्रोकाे आईपीओ तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गते, बिहीबारदेखि फागुन १० गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन १९ गते, शुक्रबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय, कमलपाेखरी, काठमाडाैँमा सम्पन्न गरिएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा कुल २ लाख २६ हजार ४ सय ६५ जना लगानीकर्ताहरूले सेयर प्राप्त गरेका छन् । जसमध्ये, ५ जनाले ११ कित्ता सेयर पाएका हुन् भने बाँकी लगानीकर्ताले १० कित्ता सेयर पाएका छन्  । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १४ लाख २४ हजार ३ सय ५१ जना लगानीकर्ताहरूले १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ७ हजार ५ जनाको आवेदन रद्ध भएको थियाे । बाँकी रहेका १४ लाख १७ हजार ३ सय ४६ जना आवेदकलाई बाँडफाँडमा समावेश गराइएकाे थियाे । 

कम्पनीले सार्वजनिक निष्कासनका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेकाे थियाे ।

कसरी हेर्ने नतिजा ?

कम्पनीकाे आईपीओकाे नतिजा ४ तरिकाबाट हेर्न सकिन्छ । सिडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np, बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडकाे वेबसाइट, मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको वेबसाइट र मेराे सेयरबाट नतिजा हेर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको