Like us!
Follow us!
Connect us!
Watch us!

आयुर्वेद क्याम्पसका विएएमएस ईन्टर्नसीप डाक्टरहरु १८ दिनदेखि आन्दोलनमा

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १५ : ३१ मा प्रकाशित

आयुर्वेद क्याम्पसका विएएमएस ईन्टर्नसीप डाक्टरहरु १८ दिनदेखि आन्दोलनमा

आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल किर्तिपुरका विएएमएस तहका ईन्टर्नसीप डाक्टरहरु एकशुत्रीय माग राख्दै १८ दिनदेखि आन्दोलनमा रहेका छन् । भर्ना हुँदा सेलेबसमा उल्लेख भएका अस्पतालमा निर्धारित समयसम्मै इन्र्टन गर्न पाउनुपर्ने माग राखी आन्दोलित भएका हुन् ।

धर्नालेमात्रै आफूहरुको माग सुनुवाइ नभएको भन्दै उनीहरुले विगत ८ दिनदेखि क्याम्पस तालाबन्दीसमेत गरेका छन् । आन्दोलनरत विद्यार्थीहरुले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

आन्दोलनको नेतृत्व गरिरहेका विएएमएस ईन्टर्न डा. शुनिल भुसालले आफूहरुलाई महिनामा एक जान पनि विरामी नआउने अस्पतालमा इन्र्टनका लागि पठाइएकाले आन्दोलनमा उत्रिनु परेको बताए । चिकित्सा विज्ञान प्रतिष्ठानले निर्धारण गरेको न्यूनतम् मापदण्डको ५० प्रतिशत पनि पुरा नभएको क्याम्पसमा आफूहरुलाई इन्र्टनमा पठाइँदा उत्पादीत जनशक्तिको गुणस्तरमासमेत प्रश्न उठ्ने अवस्था आएको उनले बताए । 

‘हामीलाई प्रदान गरिएको सेलेबसअनुसार छ महिनाको इन्टर्नसीप नरदेवीमा र छ महिनाको इन्टर्नसीप आयुर्वेद शिक्षण अस्पतालमा भनिएको थियो ।  सोहीअनुसार हामीले पाउनु पर्छ भनेर माग गरेका थियौं । तर, हामीलाई सेलेबसमा उल्लेख गरिएअनुसार इन्टर्नमा पठाइएन । हामीले किन सेलेबसको अनुसार भएन भनेर प्रश्न गर्यौं । कहीबाट पनि उत्तर पाएनौं । हामी तालाबन्दी र धर्नामा छौं । हाम्रो माग कतैबाट पनि सुनिएन,’– भुसालले भने । 

आयुर्वेद जगतमा बेथितिहरु  भएपनि मिडियालेसमेत यस विषयमा बोल्न नचाहेको भन्दै उनले गुनासो पोखे । ‘स्वास्थ्य क्षेत्रमा मिडियाको सरोकार छैन ? पोलिटिकल कन्टेन मात्रै उहाँहरुलाई चाहिएको हो ? चिकित्सा विधामा यस्ता अन्याय हुँदा सोच्नुपर्ने अवस्था छैन ?’– उनले प्रश्न गरे । आन्दोलन आफूहरुको बाध्यता भएको उनले बताए । बाध्य भएर तालाबन्दी र धर्नामा आउनु परेको उनको दाबी छ । 

आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल किर्तिपुरका निमित्त क्याम्पस प्रमुख डा. देवबहादुर रोकाले विद्यार्थीको माग ठीक रहेको बताए ।

पत्रकार सम्मेलनमा उपस्थित भएका रोकाले भने– ‘उहाँहरुको माग ठीकजस्तो लाग्यो । मेरो पालामा पनि इन्टर्नसीप गर्दा छ महिना किर्तिपुरमा भएको आयुर्वेद शिक्षण अस्पताल र छ महिना नरदेवीको पुरानो अस्पतालमा इन्टर्नसीप गराएर डिग्री दिने चलन थियो । अहिले पछि आएर नरदेवी अस्पतालको प्रशासनसँग क्याम्पस प्रसशानको के कुरा मिलेन ? त्यसो भएर त्यो डियुटीमा पठाउन नरदेवी अस्पतालको डाइरेक्टर मान्नु भएन । नमानेपछि यो इन्टर्नसीप कहाँ गर्ने भन्ने प्रश्न उठेको हो ।’ 

यो मुद्दाको समाधानका लागि क्याम्पस प्रमुख जिम्मेवार हुनुपर्ने उनले बताए । नरदेवी अस्पतालको डाइरेक्टरले नमानेमा माथिल्लो निकायलाई अनुरोध गरेर विद्यार्थीको इन्टर्नसीप पुरा गराउनुपर्ने उनको बुझाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको