प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीविरुद्ध राष्ट्रिय र अन्तराष्ट्रिय घेराबन्दी भइरहेको बताएका छन् । आज (आइतबार) काठमाडौंमा सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा प्रचण्डले प्रतिकृयावादीबाट भ्रम छर्ने र घेराबन्दी गर्ने काम भइरहेको बताएका हुन् ।
जनयुद्ध दिवस फागुन १ लाई राष्ट्रिय दिवस, जनयुद्धका सहिदलाई राजपत्रमा घोषणा गरेर राष्ट्रिय सहिद घोषणा गर्ने कुराले पनि प्रतिकृयावादीहरू अत्तालिएको उनको भनाइ छ।
कार्यक्रममा बोल्दै उनले भने, ‘घेराबन्दी तोड्न माओवादीहरू एक हुनुपर्छ । प्रतिकृयावादीहरू सलबलाइरहेका छन् ।’ उनले थपे,‘राष्ट्रिय र अन्तराष्ट्रिय घेराबन्दीविरूद्ध लडिरहेका छौं । म धेरै चर्को बोल्न मिल्दैन । बरू तपाईहरूले भन्न,बोल्न मिल्छ । हामी भिन्न भिन्न रुपमा देखिएपनि हाम्रो सार एउटै हो ।’
संविधानमाथि प्रहार भइरहेको समेत उनले बताए । प्रचण्डले भने, ‘संविधानमाथि प्रहार भइरहेको छ। माओवादीविरुद्ध तथानाम गाली गर्ने कसरत भइरहेको छ ।’
उनले आफू तेस्रो पटक प्रधानमन्त्रीको रुपमा आउँदा माओवादी आन्दोलनका पक्षमा निर्णय लिएको सुनाए । उनले कसैले दबाएर माओवादी आन्दोलन नदबिने टिप्पणी गरे । उनले आफूले लिएको निर्णयबाट प्रतिक्रियावादीहरु तर्सिएको टिप्पणी गरे । उनले माओवादीहरु एक ठाउँमा उभिनुपर्ने दिन आएको सुनाए ।
उनले आफू जनयुद्धको कमाण्डरको रुपमा देशी तथा विदेशी शक्तिको विरुद्धमा आफू लडिरहेको सुनाए । उनले आफूजस्तै बाबुराम, विप्लव र धर्मेन्द्रहरुले पनि लडाई लडिरहेको जिकिर गरे । उनले आफूहरुको रुप धेरै भएपनि सार भने एउटै रहेको जिकिर गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस