Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु स्मार्ट फण्डमा लगानी गर्ने अवसर थपियाे

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १० : १७ मा प्रकाशित

प्रभु स्मार्ट फण्डमा लगानी गर्ने अवसर थपियाे

प्रभु क्यापिटल लिमिटेडले फागुन १८ गतेदेखि निष्कासन गरेकाे 'प्रभु स्मार्ट फण्ड' नामक म्युचुअल फण्डमा लगानी गर्ने अवसर थपिएकाे छ  । यसअघि आज फागुन २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएकाे थियाे । तर पर्याप्त आवेदन नपरेपछि क्यापिटलले म्याद थप गरी फागुन २८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

२५५ प्रतिशत लाभांश बाँड्ने लक्ष्य बोकेको प्रभु स्मार्ट फण्डमा किन गर्ने लगानी ? विस्तृत विवरण हेर्नुहोस्

क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई मूल्य १० रुपैयाँ दरको ८० करोड रूपैयाँ बराबरकाे कुल ८ कराेड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात १ करोड १२ लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । एक प्रतिशत अर्थात् ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडका लागि छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । याे बन्दमुखी याेजना हाे । यस योजनाको अवधि इकाई बाँडफाँड भएको मितिबाट १० वर्षसम्म रहनेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको