प्रधामन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । आज (मंगलबार) अधिवक्ता ज्ञानेन्द्र आरनले रिट दर्ता गराएका हुन् । त्यस्तै अर्का रिट निवेदक कल्याण बुढाथोकीको रिट भने दर्ता प्रक्रियामा छ।
अधिवक्ता आरणले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्।
गत शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश दिएको थियो । ०७६ माघ १ गते प्रचण्डले माघी पर्वको सार्वजनिक कार्यक्रममा द्वन्द्वकालमा मारिएका पाँच हजार जनाको आफूले जिम्मा लिनेबारे दिएको अभिव्यक्तिको आधारमा रिट दर्ता गरिन लागेको हो ।
यता, आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी आन्दोलनका (पुर्व माओवादी) राजनीतिक दलहरूको बैठकले शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने लगायत तीनबुँदे निर्णय सार्वजनिक गरेको छ । उनीहरुले यदि यो घटना अगाडी बढ्यो प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस