Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई फागुन २५ गते अदालतमा हाजिर हुन सर्वोच्चको आदेश

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १४ : २१ मा प्रकाशित

प्रचण्डलाई फागुन २५ गते अदालतमा हाजिर हुन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फागुन २५ गते अदालतमा हाजिर हुन आदेश दिएको छ । 

आज (मंगलबार) मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको थियो । उक्त मुद्दाको पेशी भने फागुन २५ गतेलाई तोकिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रचण्डविरुद्ध रिट हालेका हुन् ।

३ साल पहिले माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्रै जिम्मा आफूले लिने भन्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डको त्यही अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको