Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको १२ वर्षकाे लाभांश इतिहास : सेयरधनी हजारबाट लखपति बने !

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १० : ३९ मा प्रकाशित

गरिमा विकास बैंकको १२ वर्षकाे लाभांश इतिहास : सेयरधनी हजारबाट लखपति बने !

गरिमा विकास बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत विकास बैंकमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ३ सय ५० रूपैयाँ ४० पैसा रहेकाे छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा १.८६ प्रतिशतले बढेर ५० करोड २१ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिका बैंकको वितरणयोग्य नाफा २१ करोड ४९ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंककाे खुद ब्याज आम्दानी ३४.२७ प्रतिशतले र सञ्चालन नाफा १.८२ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ९८ पैसा रहेको छ ।

बैंककाे १२ आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०६८/६९ र आर्थिक वर्ष २०६९/७० मा २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७४/७५ मा १३.७५ प्रतिशत लाभांश (१० प्रतिशत बाेनस र ३.७५ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

यस्ताे छ गरिमा विकास बैंक लिमिटेड​को १२ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १८ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ३.७५ प्रतिशत नगद गरि कूल १३.७५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६.१५ प्रतिशत बाेनस र ०.८५ प्रतिशत नगद गरि कूल १७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १३.५ प्रतिशत बाेनस र ०.७१०५ प्रतिशत नगद गरि कूल १४.२१ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे ।

१२. आर्थिक वर्ष २०७८/७९ : आर्थिक वर्ष २०७८/७९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस सेयर र १.५ प्रतिशत नगद गरी कुल १४.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको