Like us!
Follow us!
Connect us!
Watch us!

७७ वटै जिल्लाका सीडीओलाई गृहको निर्देशन- बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहनुस्

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १६ : ५० मा प्रकाशित

७७ वटै जिल्लाका सीडीओलाई गृहको निर्देशन- बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहनुस्

गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई  निर्देशन दिएको छ । संस्थाका कर्मचारीहरूले व्यक्तिगत सुरक्षामा चुनौती आएको भन्दै सुरक्षाको माग गरेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

सहकारी लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रामक गतिविधि बढेपछि उक्त क्रियाकलापलाई रोक्न ७७ वटै जिल्लाका सिडिओ कार्यालयहरुलाई गृहले निर्देशन दिएको जनाइएको छ । 

बिगत केहि दिनयता बैंकिङ क्षेत्रकाहरु कर्मचारीमाथि ज्यादती बढेपछि कर्मचारीहरु त्रसित भएका छन् । परिचय पत्र र गाडीमा लगाइएको स्टिकरसमेत झिकेर हिँड्न बाध्य भएको बैंकर्सको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको