Like us!
Follow us!
Connect us!
Watch us!

सम्पूर्ण जि.प्र.का.लाई गृहको निर्देशन– बैंक तथा वित्तीय संस्थाविरूद्ध हुने आक्रमक गतिविधि रोक्न निगरानी बढाउनुस्

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १८ : १८ मा प्रकाशित

सम्पूर्ण जि.प्र.का.लाई गृहको निर्देशन– बैंक तथा वित्तीय संस्थाविरूद्ध हुने आक्रमक गतिविधि रोक्न निगरानी बढाउनुस्

गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरूद्ध हुने आक्रमक गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । विगत केहि दिनदेखि बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको आक्रमक गतिविधिका कारण गृहले यस्तो निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि गम्भीर भएर सुरक्षा प्रबन्ध गर्न र त्यस्तो गतिविधिहरुमाथि निगरानी बढाउन निर्देशन दिएको जनाइएको छ  ।

व्यवसायी दुर्गा प्रसाईंले झापामा सभा गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । प्रसाईंले बैंक, लघुवित्त र सहकारी संस्थालाई २० लाख रुपैयाँसम्मको कर्जा मिनाहा गर्नुपर्ने भन्दै त्यसो नगरे बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । 

बैंकहरुप्रति यस्तो आक्रमक गतिविधिलाई नियन्त्रण गर्न गृहले देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएसँगै सुरक्षाका लागि चनाखो भएर लाग्न समेत भनेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको