Like us!
Follow us!
Connect us!
Watch us!

९ जना उपसचिवको सरुवा

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, १३ : ४५ मा प्रकाशित

९ जना उपसचिवको सरुवा

गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ ।  बुधवार मन्त्रालयको निर्णयअनुसार ९ जना उपसचिवहरूलाई विभिन्न कार्यालयमा पदस्थापन,सरुवा र काजमा खटाइएको हो।

गृहमन्त्रालयका अनुसार अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत झंकनाथ ढकाललाई गृहमन्त्रालयमा सरुवा गरिएको भने जिल्ला प्रशासन कार्यालय सप्तरीमा रहेका रेवतीरमण शर्मालाई अध्यागमन कार्यालय तातोपानी सिन्धुपाल्चोकमा वरिष्ठ अध्यागमन अधिकृतरनिर्देशकमा काज सरुवा गरिएको छ ।

त्यस्तै ,जिल्ला प्रशासन कार्यालय भोजपुरमा रहेर काजमा गृहमन्त्रालयमा रहेकी मनिता श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा वरिष्ठ अध्यागमन अधिकृतमा सरुवा गरिएको छ । इलाका प्रशासन कार्याल साँखुमा रहेकी उपसचिव सिता परियारलाई अध्यागमन कार्यालय विमानस्थलमा सरुवा गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको