Like us!
Follow us!
Connect us!
Watch us!

नारी दिवसमा इसेवाको विशेष अफर– महिला उद्यमीसँग व्यवसाय सहकार्यमा तीन महिना छुट

अर्थ संसार

बुधबार, २४ फागुन २०७९, १० : ३६ मा प्रकाशित

नारी दिवसमा इसेवाको विशेष अफर– महिला उद्यमीसँग व्यवसाय सहकार्यमा तीन महिना छुट

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरू सार्वजनिक गरेको छ । अफर अन्तरगत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा इसेवा सँग सहकार्य (इन्ट्रिगेशन) गर्दा इन्ट्रिगेशन शुल्क लाग्ने छैन ।  

यस अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग इन्ट्रिगेशन गर्दा तीन महिनासम्म सम्पर्क राखेमा कहिल्यैपनि इन्ट्रिगेशनको शुल्क लाग्नेछैन । यस अफरमा सहभागि हुन नारीहरुले तीन महिनााभित्र इसेवामा सम्पर्क गर्नुपर्नेछ ।  यसैगरी नारी दिवसको दिन अर्थात् फागुन २४ गते  बुधवारको दिन नारीहरुले इसेवा मार्फत एनटिसी तथा एनसेल मोबाईलको टपअप गर्दा फ्ल्याटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था इसेवाले मिलाएको छ । यसको लागि टपअप गर्दा प्रोमोकोड नारी (ल्बबचष्) प्रयोग गर्नुपर्नेछ । देशको आधा जनसंख्या ओघटेका नारीहरूको सम्मानमा इसेवाले यस किसिमको छुुट सुविधा ल्याएको हो । 

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत आम नेपालीहरू सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल एक लाख ८५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको