मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज राजधानीमा र्याली निकालिएको छ। संयुक्त महिला संघ संघर्ष समितिले आज (बुधबार) अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममा गीत, नृत्य, कविता र नाटकसमेत प्रदर्शन गरिएको थियो।
विशेष उपलक्षमा र्याली माइतीघरबाट सुरु भएर बानेश्वरसम्म पुगेको थियो। त्यसक्रममा र्यालीमा सहभागी भएकाहरुले महिला अधिकारको मुद्दाका विषयमा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस