Like us!
Follow us!
Connect us!
Watch us!

STC को लाभासं सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, ०८ : १४ मा प्रकाशित

STC को लाभासं सुरक्षित गर्ने आज अन्तिम मौका

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभासं सुरक्षित गर्ने आज ( बिहिबार )अन्तिम मौका रहेको छ।कम्पनीको  फागुन १४ गते आईतबार बसेको सचालक समिती बैठकले कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २६ गतेदेखि चैत्र १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २५ गते (आज )सम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।     

साधारणसभा चैत्र १० गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमौडौमा दिनको १२ः१५ बजेदेखि सुरु हुनेछ ।

साथै सभाले साधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको समेत निर्वाचन गर्नेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको