Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकर्स संघको बैठक अहिले बस्दै, ब्याजदर घटाउने तयारी

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, ०८ : ४३ मा प्रकाशित

नेपाल बैंकर्स संघको बैठक अहिले बस्दै, ब्याजदर घटाउने तयारी

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आज बिहीबार बैठक बस्दै छ। संघले आज बिहान साढे नौ बजे बैठक बोलाएको छ।

आजको बैठकले चैत महिनाको एक गतेदेखि लागू हुने निक्षेपको ब्याज दर बारे निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ।

यस बैठकमा संघले यस बैठकलाई पूर्ण बैठक भनेर बोलाएको छ। बैंकहरुलाई ब्याज घटाउनु पर्ने तिब्र दबाब भएकाले पनि पूर्ण बैठक बोलाइएको बुझिएको छ। 

चैत १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने तयारी बैंकहरुले गरेका हुन् । निक्षेपको ब्याज दर घटेपछि बैंकको लागत कम हुन्छ जसले आधार दर अर्थात् (बेस रेट)कम हुनेछ । बेस रेटमा थप केहि प्रतिशत प्रिमियम जोडेर बैंकहरुले कर्जा लगानी गर्ने गरेका छन् । बेस रेट घटनाले  ऋणको ब्याज दर पनि घट्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको