Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, ऋणको प्रिमियम अधिकतम ५ प्रतिशत मात्रै

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, ११ : ४० मा प्रकाशित

ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, ऋणको प्रिमियम अधिकतम ५ प्रतिशत मात्रै

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ । संघको आज बसेको बैठकले बचतको ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने निर्णय गरेको हो । यता मुद्दती निक्षेपको ब्याजदर भने यथावत राखिएको छ ।

संघको आज बसेको बैठकले बचतको ब्याजदर घटाएर न्युनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । यसअघि बचतको न्युनतम ब्याजदर ६.४२ प्रतिशत र अधिकतम ब्याजदर ८.४२ प्रतिशत रहेकाे थियो। 

त्यसैगरी, उक्त बैठकले ऋणको ब्याजदर निर्धारण गर्दा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको छ । यसअघि ६ प्रतिशतसम्म प्रिमियम थप गर्ने गरिएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको