प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध परेको रिट निवेदनमाथि भोलि सुनुवाइ हुने भएको छ । प्रचण्डविरूद्ध परेको मुद्दाको पेशी आज तोकिएको थियो । तर, आज उक्त पेशी हेर्न नभ्याउनेमा राख्दै न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासले स्थगित गरेको हो ।
जनयुद्धमा ज्यान गुमाउने १७ हजारमध्ये पाँच हजारजनाको हत्याको जिम्मेवारी आफूले लिने भनिएको उनको सार्वजनिक अभिव्यक्तिका आधारमा उनीविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस