उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ ।
संस्थाकाे हिजाे फागुन २५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि नेपाल बैंक राष्ट्र समक्ष पेश गर्ने निर्णय गरेको छ ।
साथै, सोहि बैठकको संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस