Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति सहकार्य लघुवित्तले डाक्याे साधारण सभा, लाभांश वितरणसँगै एफपीओ निष्कासन गर्ने एजेन्डा

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, १० : २४ मा प्रकाशित

उन्नति सहकार्य लघुवित्तले डाक्याे साधारण सभा, लाभांश वितरणसँगै एफपीओ निष्कासन गर्ने एजेन्डा

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे पाैष ३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा पाैष २८ गते, बुधबार, हाेटल माैर्या, रूपन्देहीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच मर्जरपछि गत वर्ष असार २६ गतेदेखि उन्नति सहकार्य लघुवित्तका नाममा एकिकृत कारोबार थालेका हुन् । कम्पनी हालै मर्जर प्रक्रियामा गएकाले कम्पनीले वितरण गर्ने बोनस सेयरमा कर लाग्दैन । 

बाेनस सेयर वितरण पश्चात् सर्वसाधारण सेयर स्वामित्व अनुपात ३०% कायम गर्न एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । 

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु (मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १४ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61c00bbb1610e.jpg 61c00bc612fa8.jpg 61c00bcd10efe.jpg 61c00bd85cb27.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको