Like us!
Follow us!
Connect us!
Watch us!

उन्नती सहकार्यको नाफा १९२.८८ प्रतिशतले बढ्नुमा यस्ताे छ कारण

अर्थ संसार

शुक्रबार, २२ साउन २०७८, १२ : ३८ मा प्रकाशित

उन्नती सहकार्यको नाफा १९२.८८ प्रतिशतले बढ्नुमा यस्ताे छ कारण

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड ४९ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १९२.८८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ कराेड २४ लाख ३४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २४ करोड ५६ लाख ४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३९.३५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १७ करोड ६२ लाख ५२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि २००.५५ प्रतिशतले बढेर १३ करोड ६९ लाख ४२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ४ कराेड ५५ लाख ६४ हजार रूपैयाँ मात्र रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १७ कराेड ६१ लाख ६९ हजार रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा १२ करोड ३९ लाख ९६ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ३२ रुपैयाँ २३ पैसा बढेर ५३ रुपैयाँ ९२ पैसा पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ३८ पैसा रहेको छ । संस्थाकाे मूल्य आम्दानी अनुपात ४१.६२ गुणा रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको