Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति सहकार्य लघुवित्तको लाभांश संशाेधन, किन घट्याे बाेनस ?

अर्थ संसार

आइतबार, ०५ मंसिर २०७८, १० : २६ मा प्रकाशित

उन्नति सहकार्य लघुवित्तको लाभांश संशाेधन, किन घट्याे बाेनस ?

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश संशाेधन भएकाे छ  । 

संस्थाको कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियाे । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंक समक्ष पेश गर्दा नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण काेषमा रकम छुट्याउन निर्देशन दिएकाे हुनाले बैंकले लाभांश संशाेधन गरेकाे हाे । अब बैंकले ३० प्रतिशत बाेनस वितरण गर्नेछ । 

साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच मर्जरपछि गत वर्ष असार २६ गतेदेखि उन्नति सहकार्य लघुवित्तका नाममा एकिकृत कारोबार थालेका हुन् । कम्पनी हालै मर्जर प्रक्रियामा गएकाले कम्पनीले वितरण गर्ने बोनस सेयरमा कर लाग्दैन । 

उक्त प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

यस्तो छ कम्पनीले प्रकाशन गरेको सुचनाः

6199cee55ac44.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको