प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथिको रिटमा आज सुनुवाई हुने भएको छ । सुनुवाईका लागि हिजो पेशी तोकिएको उक्त रिट 'हेर्न नभ्याइने'मा परेको थियो ।
उक्त रिट आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको हो । प्रचण्डले २०७६ साल माघ १ गते माघीको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनयुद्धसँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता ज्ञानेन्द्र आरन, कल्याण बुढाथोकी लगायत २८ जनाले प्रचण्डलाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश माग गर्दै रिट निवेदन दिएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस