Like us!
Follow us!
Connect us!
Watch us!
प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

प्रधानमन्त्री ‘प्रचण्ड’विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १६ : ४८ मा प्रकाशित

प्रधानमन्त्री ‘प्रचण्ड’विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनलाई कारण देखाउ आदेश जारी गरेको हो ।

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र यसबारेमा लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश जारी गरेको छ ।

आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए ।  

अदालतले जारि गरेको आदेशको पूर्णपाठ आउन बाँकी छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको