Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रेमिट्रयान्स बैंकिङ्ग च्यानलमार्फत् भुक्तानी गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १३ : २६ मा प्रकाशित

वैदेशिक रेमिट्रयान्स बैंकिङ्ग च्यानलमार्फत् भुक्तानी गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.बीच वैदेशिक रेमिट्रयान्स बैंकिङ्ग च्यानलमार्फत् भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैंकिङ्ग च्यानल मार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धीत व्यक्तिलाई बैंकको शाखा कार्यालयहरु मार्फत नियमानुसार सहज रुपमा भुक्तानी हुने छ । यसले नेपालमा वैदेशिक मुद्रा आर्जन गर्न थप सघाउ पुग्ने विश्वास गरिएको छ ।

उक्त सम्झौता कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उपकार्यकारी अधिकृत दुर्गा कँडेल, भुक्तानी तथा फस्र्यौट विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, नेपाल रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाको उपस्थिती रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्यू आर कोड सेवा, पीओएस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यू आर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने यूएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरु समेत संचालनमा रहेका छन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको