Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरले पायाे हकप्रद निष्कासन गर्ने अनुमति

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १४ : २० मा प्रकाशित

अपि पावरले पायाे हकप्रद निष्कासन गर्ने अनुमति

अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे छ ।

कम्पनीले नियमनकारी निकाय विद्युत नियमन आयोगबाट ४० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे हाे । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले ७.५ प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात् हाल कायम १० कित्ता बराबर नयाँ ४ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्न प्रस्ताव गरेकाे थियाे । साेही प्रस्ताव विद्युत नियमन आयोगले स्विकृत गरेकाे हाे । 

अब उक्त हकप्रद प्रस्ताव सेबाेनमा निवेदन दिएर त्यहाँबाट स्विकृत भएपछि निष्कासन गरिनेछ ।

640d8f5d9362e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको