प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वृहत शान्ति सम्झौतको हस्ताक्षरकर्तामाथि कसैले नकारात्मक क्रियाकलाप गरेमा त्यो नटिक्ने बताएका छन् । आज (सोमबार) अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक व्यवस्था उल्ट्याउने खेलमा केही गणतन्त्र विराधी तत्वहरु रहेको बताएका हुन् ।
उनले प्रतिक्रियावादीको गल्तिबाट जनताले फाइदा लिनसक्नु पर्ने औँल्याए। माओवादीलाई सिध्याउन पर्छ भन्ने राजा महाराजाको सपनालाई आफूहरुले चकनाचुर पारेको स्मरण गर्दै उनले नेपालको संविधानलाई उल्ट्याने काम आफूहरुलाई स्वीकार्य नहुने स्पष्ट पारे। विस्तृत शान्ति सम्झौतालाई उल्ट्याने खेलमा कोही भएमा त्यो शक्ति नटिक्ने उनको चेतावनी छ ।
उन्हले भने, ‘अहिले पनि कही कतैबाट विस्तृत शान्ति सम्झौता र त्यसको हस्ताक्षरकर्ता र संविधान निर्माणमाथि नेतृत्वदायी भूमिका खेल्नेहरुमाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गर्छ भने त्यो टिक्दैन ।’ उनले थप, 'जनयुद्ध र जनआन्दोलनका सबै सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको बताउँदै उनले यो सबैका लागि खुसी र गर्वको कुरा भएको बताए । साथै जनयुद्ध दिवसलाईसमेत राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा भएको पनि उनले स्मरण गराए । ‘हामीले जनयुद्ध दिवसलाई पनि राष्ट्रिय रुपमा विदा दिएर यसलाई सम्मानित गरेका छौं भने सबै सहिदहरुलाई राष्ट्रिय सहिदको घोषणा गरेर त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेर हाम्रीले सम्मान गरेका छौ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस