Like us!
Follow us!
Connect us!
Watch us!

यस वर्ष लाभांशमा टप फाइभ डेभलपमेन्ट बैंक, कुनको कति ?

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १५ : २१ मा प्रकाशित

यस वर्ष लाभांशमा टप फाइभ डेभलपमेन्ट बैंक, कुनको कति ?

हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कुल १० वटा विकास बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । 

आज हामी यहाँ हालसम्म लाभांश घोषणा गरेका विकास बैंकहरुमध्ये सर्वाधिक लाभांश दिने ५ वटा विकास बैंकको बारेमा चर्चा गर्नेछौँ । गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट विकास बैंकमध्येकै उच्च लाभांश गरिमा विकास बैंक लिमिटेडले दिएको छ ।

१. गरिमा विकास बैंक लिमिटेड 

गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १.५० प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावित लाभांश पाैष २२ गते, शुक्रबार होटल पोखरा ग्राण्ड, बिरौटा, कास्कीमा सम्पन्न भएको बैंककाे १६औँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ८ गतेदेखि बुकक्लाेज गरेको थियो । त्यसैले, पाैष ७ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्नेछन् ।

२. मुक्तिनाथ विकास बैंक लिमिटेड 

मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१०५  प्रतिशत नगद गरी कुल १४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्तावित लाभांश पुस ३० गते सम्पन्न भएको बैंकको वार्षिक साधारण सभाले पारित गरिसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुक क्लोज गरेको थियो । त्यसैले, पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

३.  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १३.३० प्रतिशत बाेनस सेयर र ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । बैंकको पौष २५ गते सम्पन्न भएको वार्षिक साधारण सभाले उक्त प्रस्तावित लाभांश पारित गरिसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गरेको थियो । त्यसैले, पुस ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

४. मितेरी डेभलपमेन्ट बैंक 

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले  गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.३५ प्रतिशत बाेनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावित लाभांश पाैष २७ गते, बुधबार सुनसरी उद्याेग वाणिज्य संघ, धरान १, सुनसरीमा सम्पन्न भएको बैंककाे १७औँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १४ गतेदेखि बुकक्लाेज गरेकाे थियाे । त्यसैले, पाैष १३ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. लुम्बिनी विकास बैंक लिमिटेड

लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस सेयर र ९ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियो । उक्त प्रस्तावित लाभांश पौष २६ गते सम्पन्न भएको बैंककाे पन्ध्रौं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पुस १३ गतेदेखि बुकक्लाेज गरेकाे थियाे । त्यसैले, पाैष १२ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको