Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : चैत ९ गतेदेखि कुमारी सुनौलो लगानी योजनामा आउँदै

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, ११ : ३८ मा प्रकाशित

लगानीको अवसर : चैत ९ गतेदेखि कुमारी सुनौलो लगानी योजनामा आउँदै

कुमारी क्यापिटल लिमिटेडले चैत ९ गतेदेखि ‘कुमारी सुनौलो लगानी योजना’ नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । याे खुलामुखी याेजना हाे ।

क्यापिटलले कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई मूल्य १० रुपैयाँ दरको ५० करोड रुपैयाँ बराबरको कुल ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । त्यसपछी बाँकी रहेको ३ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री गरिनेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

चैत ९ गतेदेखि निष्कासन हुने याे फण्डमा लगानीकर्ताले छिटोमा चैत १३ गतेसम्म र ढिलोमा चैत्र २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको