प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने भएका छन् । यसका लागि उनले गठबन्धनका अन्य दलका नेतासँग परामर्श थालेका छन् ।
यसअघि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्तासहित सरकार छाडेपछि प्रचण्डले संविधान बमोजिम विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो । प्रचण्डनिकट स्रोतका अनुसार उनले चैत ६ भित्र विश्वासको मत लिने तयारी गरेका छन् ।
विश्वासको मत पछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै उनी नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस