प्रधानमन्त्री पुष्पकमल दाहालको आधिकारिक ट्विटर एकाउन्ट ह्याक भएको छ । अहिले सो खाता पुर्नस्थापित गरिएको जस्तो देखिन्छ तर डिजिटल करेन्सीसँग सम्बन्धित ट्विटहरू यथावत छन् । सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीको कार्यालयको ट्विटर खाता ह्याक भएकोमा चर्चा सुरू भएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य किरण शर्माले ट्वीटर एकाउन्टमा आएको समस्या समाधानका लागि अध्ययन भइरहेको जानकारी दिए । नेपालको प्रधानमन्त्री कार्यालयका प्रवक्ता महादेव पन्थले यसबारे बुझिरहेको जानकारी दिए । उनले भने, यसबारे सुनिएको छ, यथार्थ के हो पछि जानकारी गराउने छौंं ।
नेपालमा पछिल्लो समय सरकारी निकायको डिजिटल डकुमेन्टहरु असुरक्षित रहेको विषय उठ्दै आएको छ । फेब्रुअरीमा एउटा सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी सांसद डा. आरजु देउवाले साइबर सुरक्षामा प्रश्न उठाएकी थिइन् । उनले सुरक्षा निकायकै एक जर्नेलको जिमेल भित्र छिरेर आफूले टर्कीबाट हेरेको खुलासा गरेकी थिइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस