Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकद्वारा जीवन बीमा सुविधासहितकोे थप मुद्दती निक्षेप योजना सार्वजनिक

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १२ : २१ मा प्रकाशित

कुमारी बैंकद्वारा जीवन बीमा सुविधासहितकोे थप मुद्दती निक्षेप योजना सार्वजनिक

कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै आवधिक जीवन बिमामार्फत् जोखिम व्यवस्थापन गर्ने अवसरसमेत प्रदान गर्ने सेवा ल्याएको हो । बैंकले कुमारी जीवन बिमा दुई गुणा मुद्दती खाता प्लसमा ६ वर्ष आठ महिना नौ दिनमा मुद्दती रकम दुई गुणा हुने व्यवस्था गरेको जनाएको छ ।

योजनाअन्तर्गत मुद्दती रकमबराबरको आवधिक जीवन बिमा सुविधाबापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्ने जनाइएको छ । उक्त योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्यूनतम ५० हजार रुपैयाँ वा सोभन्दा माथिको मुद्दती खाता खोल्न सक्नेछ ।

योजनाअन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बिमा सुविधा प्राप्त गर्न सक्ने उल्लेख छ । ग्राहकहरूले निक्षेप अवधिसम्मका लागि जीवन बिमा सुरक्षण प्राप्त गर्नुका साथै सोही अवधिमा मुद्दती रकम दुई गुणा वृद्धि हुने बैंकले जनाएको छ । योजनाको बिमा प्रदायक कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको उल्लेख छ । जीवन बिमा सुविधासहितकोे मुद्दती निक्षेप योजना नेपालमै पहिलोपटक भएको बैंकको दाबी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको