Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट एक रुपैयाँमा सामसुङ ग्यालेक्सी एम–४ मोबाइल जित्ने मौका

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १६ : ४८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट एक रुपैयाँमा सामसुङ ग्यालेक्सी एम–४ मोबाइल जित्ने मौका

ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट एक रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ ।  यस योजनाअन्र्तगत बैंकका ग्राहकहरुले भिजा डेबिट-क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् । 

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र ५ देखि ११ गते (तद्नुसार मार्च १९ देखि २५) सम्म ७ दिनका लागि मान्य रहनेछ । यस योजनाको अन्त्यमा, बैंकको डेबिट÷क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन् । 

बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (इ–कमर्श)लाई प्रवर्द्धन गर्नु हो । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको